Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २९ असोज २०७९ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न ३ वटा चुनाव चिह्नमा हेरफेर गरेको छ ।

हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका २ वटा चुनाव चिह्नमा आयोगले हेरफेर गरेको हो । आयोगले लौरोको क्रम संख्या परिवर्तन गर्नुका साथै स्वतन्त्र उम्मेदवारलाई दिएको डोजर र क्रस खुकुरी चुनाव चिह्नमा पनि हेरफेर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७६ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी गत बिहीबार उक्त चुनाव चिह्न हेरफेर गरिएको हो । 9825119001

 

तपाईको प्रतिक्रिया