Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २९ असोज । झापा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ मा नागरिक समाज गठन भएको छ । सामाजिक राजनीतिक क्षेत्रका अगुवाहरुको बृहत भेलाले चन्द्र नेपालीको अध्यक्षतामा समाजको गठन गरेको हो ।

शनिवार झापाको गौरादहमा राजनीतिक अगुवा पुष्पलाल ढकालले संयोजनगरेको भेलाले नेपालीको अध्यक्षतामा ९९ सदस्यीय बिस्तारित समिति गठन गरेको बताइएको छ । दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिका रहेको यस क्षेत्रमा मंसिर ४ गते सम्पन्नहुने संघ तथा प्रदेशको निर्वाचनलाई लक्षित गरी भेलाले विस्तारित समिति गठन गरेको सल्लाहाकार समिका सदस्य पूर्णबहादुर कार्कीले जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

भेलामा सहभागिहरुले लोकतान्त्रिक गणतन्त्र प्रतिको जनविश्वास बलियो बनाउन निर्वाचनहरु स्वस्थ, निश्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । बिसंगतपूर्ण भड्किलो निर्वाचन शैलीको कारण लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने गरी सर्बत्र आलोचना हुनेगरेको हुँदा नागरिक समाजले सशक्त खबरदारी गर्न आवस्यक रहेको नवनिर्वाचित अध्यक्ष नेपालीले बताए । उनले निर्वाचनमा आचार संहिता पालनाको अवस्था, मतदाता शिक्षा, नागरिक सचेतना लगाएतका कार्यक्रमहरु नागरिक समाजले संचालन गर्ने, अनुगमन तथा खबरदारी समेत गरिने बताए । भेलाले समाजको सदस्य बन्न कुनैपनि पार्टीको कार्यकारी पदाधिकारीमा रहेका बाहेक पार्टीको साधारण सदस्यहरुलाई अवरोध नहुने निर्णय समेत गरेको छ ।

भेलाले ९ जनाको पदाधिकारी चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा पर्शु गौतम(दमक), कमला रायमाझी(महिला), पाण्डव झा(गौरीगञ्ज), कमल उपाध्यक्ष तथा समावेशी उपाध्यक्ष पदाधिकारीको बैठकले मनोनित गर्नेगरी पाँचजना उपाध्यक्ष, सचिव डण्डिराज घिमिरे, सहसचिव मिनबहादुर चेम्जुङ तथा कोषाध्यक्ष मोहन खनाल रहेका छन् ।

भेलाले पुष्पलाल ढकालको संयोजकत्वमा सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहाकार समितिका सदस्यहरुमा पूर्णबहादुर कार्की, शेरबहादुर कार्की, रामप्रसाद पौडेल, टंक थापा, तेजबहादुर खड्का, गणेश बराल लगाएत रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विस्तारित कार्य समितिका सदस्यहरुमा भगिरथ चौधरी, राजन खनाल, बाबुराम दाहाल, नरहरी दहाल नकुल,शंकर कट्टेल होमनाथ भट्टराई, गोपाल दनुवार, माधव दाहाल, देबेन्द्र थापा, डिल्लि रिजाल, चेतनाथ रिजाल, इन्द्र भारती, जीवन पुरी, दिपक सुनिुवार, लब अधिकारी, हिराकाजी श्रेष्ठ, सिरोज थापा, हरिश्चन्द्र सुवेदी, बुद्धिमान बिक, कुमार आचार्य, लिलाबहादुर कार्की, रुद्र सुवेदी, पवित्राकुमारी शिवा, बलबहादुर सुवेदी, देवी भारती, चन्द्र ढुंगाना, ओमप्रसाद निरौला, कृष्णबहादुर थापा, केशव प्रसाद राजवंशी, भिम माझी, हिरा राजवंशी, धनकुमार राजवंशी, सनिलाल राजवंशी, लक्ष्मीप्रसाद राजवंशी, हुकुम ताजपुरिया, दिपेन्द्र कार्की, हरदेव शाह, हर्क चौधरी, रेखाकुमारी दाहाल, पर्शुराम चम्लागाई, रामलाल हास्ता, प्रकाश कट्वाल, भुपाल विष्ट,सेसलाल ताजपुरिया, राम तामाङ, ज्ञानेन्द्र लुइटेल, देवी ढुंगाना, सविना लुइटेल, भिम ठटाल, हरि दंगाल, सुधिर शाहा, गंगा राजवंशी, पुरुषोत्तम गौतम लगाएत रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नवगठित समितिले प्रतिनिधिसभा तथा प्रदेश सभाको मंसिर ४ गते सम्पन्न हुने निर्वाचन सम्मका विविध कार्ययोजनाहरु अबिलम्ब सार्वजनिक गरिने तथा नागरिकका घरघर सम्म मतदाता सचेतना शिक्षा कार्यक्रम लिएर पुग्ने समितिका कोषाध्यक्ष मोहन खनालले बताए । समितिको पूर्णता पदाधिकारीको बैठकले गर्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया