Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ असोज २०७९ । सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण रातारात लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर घटेर १० हजारभन्दा कम भएका छन् । बुधबार बिहानबाट चर्चित प्रयोगकर्ताका फलोअरको सङ्ख्या एकाएक घट्न थालेपछि सबैले गुनासो गरेका छन् ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गकै फलोअर ११ करोड ९० लाखबाट घटेर रातारात ९,९९५ मा सीमित भएका छन् ।

त्यस्तै अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइलबाट पनि लाखौँको सङ्ख्यामा रहेका फलोअर घटेर ९ हजारको हाराहारीमा खुम्चिन थालेका छ ।

यसको वास्तविक कारण के हो भन्ने कुरा हालसम्म आधिकारिक तवरमा बाहिर आइसकेको भने छैन । तर यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

 

तपाईको प्रतिक्रिया