Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २६ असोज २०७९ । झापामा अवैध काठ सहित १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ सहित शिवसताक्षी नगरपालिका-१ धरमपुर चोक का खगेन्द्र प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार १ः२७ बजेको समयमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहालको घरमा छापा मार्दा अबैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको ७२.६३ क्यु.वि.चिरान काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । फेला पारेको अवैध काठ सहित दाहाललाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापा पठाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया