Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २५ असोज २०७९ । झापाको अर्जुनधारामा बस्दै आएका २५ वर्षिय नवीन्द्र गुरुङको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ जिल्लाको सिदिम्बा गाउँपालिका–४ सुरुमखिम घर भई हाल अर्जुनधारा नगरपालिका-११ बसपार्क एरिया बस्दै आएका गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई यहि असोज २० गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार(हिँजो)पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा इलाम नगरपालिका– ९ घर भई हाल अर्जुनधारा– ११ स्थित ताप्लेजुङ इलाम होटेलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका१२ घर भई सोही ठाउँ बस्ने सोही होटेलका स्टाफ २१ वर्षिय अमृत आचार्य, आचार्यकी श्रीमती २३ वर्षीया विमला राई रहेको जिल्ला प्रहरी कार्यालय झापा भद्रपुरले जनाएको छ । घटनामा संलग्न एक जना अझै फरार रहेका छन् ।

असोज १७ गते महाअष्टमीका दिन होटलको पहिलो तलामा होटलका सञ्चालक अधिकारी, होटलका स्टाफ आचार्य, मृतक गुरुङ र अर्का एक जना मादक पदार्थ सेवन गरी जुवातास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा भएको थियो । त्यसै क्रममा होटल सञ्चालक अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एक जनाले मिलेर गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङ्गाको लोहोरो र चक्कु टाउकोमा प्रहार गरेका थिए । त्यसपछि उनीहरूले घटना ढाकछोप गर्ने मनसायले सोही राती घाइते अवस्थामै गुरुङलाई होटेलदेखि १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ भएको खाली जमिनको उत्तरतर्फ जाने सडक किनारमा फालिदिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको जनाइएको छ ।

यस्तै, सोही होटलका स्टाफ आचार्यको श्रीमती बिमला राईले उक्त घटना घट्दाको बखत सोहि होटलमा रहेको र घटना घटेको देखेता पनि उक्त घटना प्रहरी समेतलाई जानकारी गराउनु पर्नेमा सो नगरी श्रीमान आचार्यसँगै घट्नास्थलबाट भागेको कारण उनलाइ पनि पक्राउ गरिएको छ । घटनामा संलग्न अर्का एक व्यक्ति फरार व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । मृतक गुरुङको शव असोज १८ गते बिहान अन्दाजी ६ः२५ बजेको समयमा फेला परेको थियो । उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया