Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

ओली हेवी वेट होईनन-डा. अधिकारी
जेबि खड्का
गौरादह, २५ असोज २०७९ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा झापा क्षेत्र नं.५ मा गठबन्धन तर्फका संघिय सांसद उमेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले मंसिर ४ गते हुने संघिय र प्रदेश निर्वाचनमा गठबन्धनका उमेदवार बिजय हने दाबी गरेका छन।

नेपाली कांग्रेस पार्टीले गौरादहमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै डा.अधिकारीले कम्युनिस्टहरुले झुटा आश्वासन दिएर मत लिएपनि बिजय भएपछि जनतालाई नै दुख दिएकाले यस निर्वाचनमा गठबन्धनका उमेदवारलाई जनताले बिजय गराउने बिस्वास ब्यक्त गरेका छन। कम्युनिस्ट पार्टीहरुको छलकपटको राजनीति जनताले बुझिसकेकाले अब जनता कसैको भुलभुलैयामा नलाग्ने बताएका छन। उमेदवार डा।अधिकारीले आफु दोस्रो पटक ओली सँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएकाले जनताले यस निर्वाचनमा ओलीलाई पराजित गराउने धारणा राखेका थिए। आफू जनताका साथमा र विकास निर्माणको स्पष्ट मार्गचित्र सहित मतदाताका घर आँगनमा जाने बताउदै प्रविधि मैत्री हुन नसके मुलुक समृद्ध हुन नसक्ने बताए। डा.अधिकारीले मुलुकलाई बिकास गतिमा फड्को मार्न स्पष्ट भिजन भएको ब्यक्ति जनता र देशले खोजिरहेकाले क्षेत्र नं.५ का जनताले आफुलाई बिजय गराउने बिस्वास ब्यक्त गरेका थिए।

ओलीलाई हेवी वेट भनिएपनि डा. अधिकारीले गरिवहरुसंग लेवी उठाएर गरिवमाथि नै शोषण गर्दै राजनीति गर्ने नेता ओली हेवी वेट नभए बताएका छन।चियापान कार्यक्रमको सभापति समेत रहेका नेपाली कांग्रेस प्रदेश ‘कु सभापति तथा क्षेत्र नम्बर ५ कु प्रदेश सभा संयुक्त गठबन्धनका उम्मेदवार जीवन राईले गठबन्धनका उमेदवारले जनताको बिस्वास जिति सकेकाले निर्वाचनको परिणाम पनि गठबन्धनका पक्षमा आउने धारणा राखेका थिए।कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश कार्कीले पार्टीका नेता कार्यकर्ता सहित जनसमुदायका समस्या बुझ्न र भेटघाटको अवसर सृजना गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए।

प्रत्येक वर्ष दशैंको अवसरमा पार्टीले राष्ट्रिय रुपमा मनाईदै आएको चियापान समारोहलाई यस बर्षपनि निरन्तरता दिंदै गौरादहमा कार्यक्रमको आयोजना गरिएको कांग्रेस नगर सचिब नेत्र बहादुर खड्काले जानकारी गराए।झापा क्षेत्र नम्बर ५ प्रदेश ‘कु को आयोजनामा संचालन गरिएको चियापान कार्यक्रम गौरादह वडा नम्बर २ स्थित विपी स्मृति भवनमा सम्पन्न गरिएको थियो।कार्यक्रममा क्षेत्र नम्बर ५ प्रदेश ‘कु का नेता कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया