Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पाँचथर, २४ असोज २०७९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका १५ मध्ये ४ जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि यस जिल्लाबाट कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ, नेकपा मालेका पोलिटव्यूरो सदस्य दिनानाथ घिमिरे, संघीय लोकतान्त्रिक मञ्चका जसबहादुर योङहाङ, जनता समाजवादी पार्टीका प्रेमराज लावती, राप्रपाका कमलबहादुर चेम्जोङ, राप्रपा नेपालका मदनकुमार पोखरेल, जनमुक्ती पार्टीका नरेन्द्र कुरुम्वाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङदेन, मंगोल नेशनल अर्गनाइजेशनका रामकुमार तुम्रोक र स्वतन्त्रवाट बालकृष्ण काफ्ले, लाखबहादुर पालुङवा, दलबहादुर आङदेम्बे र बिष्टन लावतीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया