Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १८ असोज २०७९ । पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि आज मंगलबार पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि मंगलबार पुनः बैठक बस्न लागेको हो ।

मंगलबार बिहान सुरूमा आन्तरिक बैठक बसेर बिहान ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गरेको असोज २० गते दुईमहिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएता पनि दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया