Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १५ असोज २०७९ । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका का २१ वर्षिय राहुल राजबंशी रहेका छन् ।

शनिबार(आज) ३ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ घर भई सोही ठाउँको वडा नं.३ पशुपति टोल स्थित डेरा गरी बस्ने राजबंशीको कोठामा शंका लागि चेक जाँच गर्दा १० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया