Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, ९ असोज २०७९ । साताको सुरुको दिन शेयर बजार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले झरेर १८ सय १५ मा आएर थामियो ।

कारोबार अर्ब माथि रह्यो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च ६३ अंकले ओरालो लागे । निर्जीबन बीमा समूह पनि ६० अंक बराबरले झर्यो । जलविद्युत र लघुवित्त समूह ५० अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको जम्मा ४० लाख कित्ता शेयर १ अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७४ कम्पनीको मूल्य घट्दा जम्मा १२ को बढेको पनि नेप्सेले जनाएको छ ।

घटेको बजारमा पनि अभियान लघुवित्तका लगानीकर्ताले भने उच्च १० प्रतिशत कमाए ।

 

तपाईको प्रतिक्रिया