Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ९ असोज २०७९ । हेटौंडा-४ को हुप्रचौरमा रहेको सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) मा आगलागी भएको छ ।

सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले आगलागी नियन्त्रण गर्न प्रयास भइरहेको बताउनुभयो । आगलागी कारण र क्षतिबारे भने अहिले खुलेको छैन ।

तपाईको प्रतिक्रिया