Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गैरादह नपामा सवारी साधन सञ्चालन तथा मर्मत निर्देशिका, कार्यविधि छैन

दमकको हाराहारीमा गौरादहको सवारी साधन मर्मत खर्च विनियोजन कति उपयुक्त ?

अनलाइन विचार डेक्स ।
गौरादह, ६ असोज । झापाको गौरादह नगरपालिकाले सवारी मर्मत शीर्षकमा सवारी साधन संख्याको अनुपातमा अत्यधिक बजेट बिनियोजन गरेको पाइएको छ । नगरपालिकाले हालसम्म पनि सवारी साधन सञ्चालन तथा मर्मत निर्देशिका समेत बनाएको छैन । निर्देशिका नहुँदा सवारी साधन मर्मत शीर्षका हुने गरेको खर्चको पारदर्शिता माथि प्रश्न उठेको छ ।

सात बर्ष अगाडि घोषणा भएको गौरादह नगरपालिकामा २४ थान आवस्यकता भन्दा बढी भट्किला र धेरै सिसिका खर्चिला मोटरसाइकल खरिद गरिएको छ । धेरैजसो वडाध्यक्ष, वडा सचिव, विषयगत शाखाका कर्मचारी, प्रविधिक कर्मचारीहरुले नगरपालिकाका मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

कुन तह र फाँटका कर्मचारीले सरकारी सवारी साधनको सुविधा प्रप्त गर्ने भन्ने संघीय ऐन तथा प्रदेश ऐनसंग बाज्नेगरी गौरादहमा सरकारी दुईपाङग्रे सवारी साधनको प्रयोग भइरहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

अनलाइन विचारका प्रतिनिधिसंग गौरादह नगरपालिकाका सूचना अधिकारी खगेन्द्र गुरगाईँले सवारी साधन सञ्चालन तथा मर्मत निर्देशिका हालसम्म नबनेको बताएका छन् । निर्देशिका अभावमा तोकादेशका भरमा सवारी साधन मर्मत गरिदा प्रत्येका आर्थिक बर्षमा ठूलो आकारमा अपत्यारिलो बजेट बिनियोजन भइरहेको छ ।

कार्यविधिको अभावमा सवारी साधन के कति बिग्रेको हो कुन स्तरको मर्मत गर्नुपर्ने हो भन्ने वक्ससपको चेकजाँचका भरमा मर्मत आदेश तथा स्टमेट हुने गरेको रहस्य खुलेको छ । मेकानिकल इन्जिनियर वा सब इन्जिनियरबाट कन्ट्याकमा चेकजाँच गराउने कार्यविध अन्य पालिकाहरुले बनाएको पाइएता पनि गौरादहमा भने कार्य विधि नै छैन ।

चालु आर्थिक बर्ष २०७९/८० मा पनि गौरादह नगरपालिकाले अनपेक्षित बजेट बिनियोजन गरेको छ । गौरादह नगरपालिकाको भन्दा दमक नगरपालिकामा सबारी साधन संख्या बढी भएपनि बजेट बिनियोजन भने गौरादह नगरपालिकाले दमककै हाराहारीमा गरेर खर्चगर्ने योजन बनाएको छ ।

तुलनात्मक रुपमाक स्रोतसाधन बढीभएको गौरादह नगरपालिका भन्दा ३३ बर्ष जेठो दमक नगरपालिकामा ११ थान मोटरसाइकल हुँदा गौरादह नगरपालिकामा भने २४ थान मोटरसाइकल रहेकाछन् । गौरादह र दमकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका लागि तीनवटा चारपाङग्रे गाडि प्रयोगमा रहेका छन् ।

गौरादह तथा दमक नगरपालिकाको जिन्सी शाखाले दिएको बिवरण अनुसार अन्य सवारी साधन भने गौरादहमा भन्दा दमकमा बढी संख्यामा रहेका छन् । गौरादहमा बारुणयन्त्र १ थान हुँदा दमकमा ३ थान रहेका छन् । गौरादहमा एम्बुलेन्स १ थान हुँदा दमकमा २ थान रहेका छन् । मिनी ट्रिपर गौरादहमा एक थान हुँदा दमकमा २ थान ट्रिपर रहेका छन् । यसकाक अतिरिक्त दमक नगरपालिकामा ट्याक्टर २ थान ब्याकहोलोडर १ थान, सवबहान १ थान, ल्याण्डक्रुजर १ थान ल्याण्डरोभर १ थान, पिकअप सानो महेन्द्र १ थान र हायस १ थान रहेकाछन् ।

गौरादहको भन्दा धेरै संख्यामा तथा पुराना सवारीसाधनहरु भएको दमक नगरपालिकाले चालु आवका लागि सवारी साधन मर्मत खर्च शीर्षकमा ४६ लाख बजेट बिनियोजन गरेको छ । दमक भन्दा थोरै सवारी साधन भएको गौरादह नगरपालिकाले दमककै हाराहारीमा ४० लाख रुपँैया बजेट बिनियोजन गरेको छ ।

धेरैजसो पुराना गाडिहरु समेत रहेको दमक नगरपालिकाले सवारी मर्मत शीर्षका छुट्याएको बजेट भन्दा वारेण्टी समय रहेको नयाँ सवारी साधनहरु भएको गौरादह नगरपालिकाले दमककै आकारमा बजेट बिनियोजन गरिनु रहस्यमय रहेको स्थानीयको भनाइ छ ।

नयाँ सवारी साधनको तुलनामा पुराना सवारी साधनलाई बढी मर्मत गर्नुपर्ने हुन्छ । त्यसकालागि बढी बजेट बिनियोजन गरिनु स्वभाविक हो । नयाँ सवारी साधन हुँदा मर्मत खर्चमा कमि हुने भएता पनि बजेट बढी बिनियोजन गरिनु आर्थिक मितव्ययीता बिपरित रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया