Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ३ असोज २०७९ । लागु औषध ब्राउन सुगर सहित झापा दमकका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-१ सुनौलो टोल का २१ वर्षिय मनोज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज (सोमबार) दिउँसो १ः३० बजेको समयमा मेचीनगर नगरपालिका-६ मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा चेकजाँच गर्ने गर्ने क्रममा उनको साथबाट लागु औषध ब्राउन सुगर ३० ग्राम फेला परेकोे थियो । पक्राउ परेका कुमालाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भई रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया