काठमाडौँ, २ असोज २०७९ । सिटामोलको मूल्य तत्काल नबढाइने भएको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार साँझ सरोकारवालासहित बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेलाई तत्काल बजारमा सिटामोल अभाव हुन नदिन उत्पादन बढाउन निजी कम्पनीलाई अनुरोध गर्ने र नेपाल औषधि लिमिटेडलाई निर्देशन दिने निर्णय भएको पनि बताइएको छ ।
हाल डेंगी संक्रमणकाबीच सिटामोल अभाव भइरहँदा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सञ्जय कुमार ठाकुरले भने आवश्यकता भएको ठाउँको पहिचान गरेर सिटामोल वितरण गर्ने सहमति भएको बताए । हाल सिटामोलको मूल्य प्रति ट्याबलेट एक रुपैयाँ पर्छ ।