Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १ असोज २०७९ । आज (शनिबार) राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो ।

शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको समयावधि सकिने प्रावधान छ ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । संसदको अन्तिम बैठक आज १ बजे बस्दैछ ।

तपाईको प्रतिक्रिया