Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, ३० भदौ २०७९ । हिन्दुहरुको महान चार्ड दशै नजिकिदा समेत ब्यापार व्यवसाय सोचेजस्तो नहुदा ब्यापारीहरु निरास भएका छन। चाडवाड नजिकिदा खचाखच भिडभाडका साथ चल्ने पसलहरु आजभोलि सुनसान छन। ब्यापारीहरु पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छन्।ग्राहक भने एक दुई जना फाट्टफुट्ट रुपमा आउने गर्दछन।

केही बर्ष अगाडि पसलमा दुई तीन जनाले सामान दिन भ्याईनभ्याई हुने पसलहरुमा अहिले ग्राहक नआउदा एकजना मात्र पसले बस्ने गरेका छन।कोही ब्यक्ति झोला बोकेर बजार आसपासमा हिडेको देखेमा पसलमा सामान खरिद गर्न आएको होकि भनेर मेरो पसलमा सामान किन्न आए हुन्थ्यो भनेर बाटो हेर्ने गरेका छन। केही बर्ष पहिले चाडवाड आउनु भन्दा एक महिना अगाडिदेखि बजारमा मानिसहरुको चहलपहल बढ्ने गरेको थियो। समाजका प्रतिष्ठित ब्यक्तिहरु गाउँ छोडेर सहर उन्मुख हुनु, अधिकांश जनमजदुर गर्ने ब्यक्तिहरु गाउँमा बस्नु र आर्थिक संकट लाग्नु जस्ता कारणले पनि ब्यापार घटेको हुने सक्ने ब्यापारीको भनाइ छ।

बजारका दिन बजार क्षेत्रमा तरकारी बजारमा भने ग्राहकहरुको भिडभाड नै देखिन्छ। बजार लाग्ने दिन तरकारी बजारमा ग्राहकहरुको भिडभाड बढेपनि किराना, कपडा तथा अन्य पसल भने सुनसान देखिन्छ।पसलमा ग्राहकको उपस्थिति न्यून देखिँदा पसल सुनसान भएका हुन। चाडवाड नजिकिदा ब्यापारीहरुले व्यापार बढ्ने आसामा सामन स्टोक गर्ने गरेका छन।ग्राहकलाई चाहिने सामग्री अन्य समयको तुलनामा ब्यापारीहरुले बढी राख्ने गरेका छन।ग्राहकहरु पसलमा सामान खरिद गर्न नआउदा भने निराश भएका देखिन्छन्।

झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेका ठुला बजारहरु गौरादह, गौरीगंज, ग्वालडुब्बा लगायतका बजारमा रहेका पसलहरुमा खासै भिडभाड देखिदैन। चाडवाडमा बढी बिक्री हुने आसामा पसलमा राखिएका सामान मुसालाई ठिक्क हुने भएको ब्यापारीको भनाइ छ। नेपालको तुलनामा भारतीय बजारमा सामान केही सस्तो मुल्यमा पाइने भएकाले ग्राहकहरु भारतीय बजारमा सामान खरिद गर्न जाँदा नेपाली बजारमा ब्यापार घटेको गौरादह-७ ग्वालडुब्बा बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष समेत रहेका ब्यापारी राज कुमार अधिकारी बताउँछन्। सामान खरिद गर्न आउने ब्यक्तिहरु पनि पैसा नबोकी आएर बाँकीमा सामान लाने गरेको अधिकारी बताउँछन्।सामान बाँकी लिएर पैसा नदिदा कम्पनी तथा साहुलाई दिने पैसा नहुदा ब्यापारीले नै पसल छोडेर भाग्ने समय भएको अधिकारीको भनाइ छ।

चाडवाड नआउदा पनि भिडभाडका साथ चलिरहेका पसलहरु चाडवाड आउदा समेत सोचे जस्तो ग्राहक नआउने गरेकाले ब्यापरबाट समेत उपलब्धि नभएको गौरादह डिपु चौकका किरना पसले भिम कोईराला बताउँछन्।किरना पसल मात्र नभएर कपडा, फेन्सि, हार्डवयर लगायतका पसल पनि सुनसान जस्तै भएका छन।बिगत बर्षहरुमा जस्तो व्यावसाय नहुदा ब्यापरबाट पलायन हुने अवस्था आएको गौरादहमा लामो समय देखि फेन्सी व्यावसाय गर्दै आएका माहोन कोईराला बताउँछन्।

 

तपाईको प्रतिक्रिया