Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २८ भदौ २०७९ । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-६ का २८ वर्षिय मोहन राजवंशी रहेका छन् ।

अन्दाजी १ः१५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले राजबंशीको कोठामा शंका लागी चेक जाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर ५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ परेका राजवंशीको बिर्तामोड नगरपालिका६ घर भएतापनि हाल बिर्तामोड५ मा डेरा गरी बस्दै आएका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया