Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २८ भदौ २०७९ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । आज (मंगलबार) बिहान ७ बजे को मापन अनुसार कोशी, नारायणी, कणााली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहेको छ।

यस्तै, आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, अछाम, बाजुरा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ । झापा, मोरङ, ईलाम, धादिङ, कास्की, कपिलवस्तु, रुपन्देही, बैतडी, डडेल्धुरा, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरुमा पनि बहाव हुन सक्ने विज्ञको पूर्वानुमान रहेको छ ।

भोली(बुधबार) बाग्मती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेश भई बहने केही स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तैगरी ३० गते बिहिबार गण्डकी प्रदेशको तराइ भू-भाग भई बहने ससाना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराइ भू-भाग भई बहने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा खतरा तह सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

सरोकारवालाका लागि परामर्श जारी गर्दै आगामी ३ दिन कोशी, नारायणी, कणााली, महाकाली, कन्काई, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको भएतापनि बहाव बढ्न सक्ने भएकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यस्तैगरि विशेष पूर्वानुमान र सरोकारवालाका लागि परामर्श दिँदै भदौ २९ गते देखि ३१ सम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग भई बहने नदीहरुमा बहाव बढ्ने, केहीमा सतर्कता तह सम्म पुग्न सक्ने तथा केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरेको छ । जसका कारण नदी तटीय क्षेत्रहरु तथा तराईको डुबान भइरहने होंचा भू-भागहरुमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया