Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

जेबि खड्का
गौरादह, २४ भदौ २०७९ । नेपाली कांग्रेसका नेता तथा जननायक बिपि कोईरालाको जन्म जयन्तीको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरिएको छ। नेपाली कांग्रेस गौरादह नगरपालिका वडा नं.८ वडा समितिको आयोजनामा अरुणोदय आधारभूत बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरिएको छ।

नेपाली कांग्रेसले वडा नं.८ को अरुणोदय आधारभूत बिद्यालयमा बिपि जयन्ती मनाउदै बिद्यालयमा अध्यानरत १ सय ६ जना बिद्यार्थीहरुलाई कापी र बलपेन बितरण गरेको हो। कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताले बिपि कोईरालाले मुलुक र जनतामा पुर्याएको योगदानको चर्चा गरेका थिए। प्रजातान्त्रिक समाजवादी नेता बिपि कोईरालाले प्रतिपादन गरेको सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई अंगिकार गरेर अगाडि बढेमा मुलुक समृद्धिको दिसामा जान सक्ने धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेका महाधिबेशन प्रतिनिधि तथा प्रदेश सभा प्रतियासी उमेदवार अनिल कृष्ण प्रसाईंले बिपि जयन्तीको अवसरमा पार्टीले प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको र बिद्यालयमा बृक्षारोपण तथा पाठ्य सामाग्री बितरण गर्दै आएको बताएका छन। महाधिबेशन प्रतिनिधि रोहित कुमार शाह, नेका क्षेत्र नं.५ का क्षेत्रीय सभापति ढुण्डी भण्डारी र पार्टीका प्रदेश-१ का प्रदेश सभापति जीवन कुमार राई, वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए। क्षेत्रीय सदस्य निर्मला रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्षेत्रीय सचिब सूर्य भक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए। नेपाली कांग्रेस वडा न.८ का सभापति बेद प्रसाद सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया