अनलाइनविचार, १८ भदौ ।
मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि दुई महिना अगाडि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कोषराज सुवेदी आक्रमक प्रचारप्रसारमा छन् । वित्तीय क्षेत्रमा स्थापित सफल युवा नेता सुवेदी झापाको गौरादहका स्थायी बासिन्दा हुन् ।
सुवेदीले गत असार ७ गते पशुपति मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेसंगै प्रत्येक दिन बिभिन्न नयाँ शैलिमा आक्रमक प्रचारप्रसारमा देखिएकाछन्। प्रत्येक दिन जस्तो उनले भर्चुअल माध्यमबाट नीति संवाद कार्यक्रम मार्फत राष्ट्र निर्माणमा आफ्नो दृष्टिकोण सार्वजनिक गरिरहेका छन् । तिब्ररुपमा मतदाताहरु समक्ष औपचारिक अनौपचारिक प्रत्यक्ष भेला छलफल चलाइरहेका छन् । राजधानिमा स्वतन्त्र युवाको प्रदर्शन, स्वतन्त्र अभियान्ताहरुको भेला लगाएतको अगुवाइ गरिरहेका छन् ।
उनी विगत एक दशकदेखि राजधानीलाई कर्मथलो बनाइरहेका छन् । दुई दशकदेखि वित्तिय क्षेत्रमा लागेर सफल बनेका सुवेदीले अव राजनीतिबाट देशलाई परिवर्तन दिलाउन उम्मेदवारी घोषणा गरेको बताएका छन् । ‘आजसम्म देशले हामीलाई जे दियो अव त्यसको सम्मान गर्दै अब हामी युवाले देशकालागि केही गर्नैपर्ने संगिन घडी आएको छ त्यसकारण मेरो उम्मेदवारी हो ’ अनलाइनविचारसंग कुरा गर्दै सुवेदीले भने ।
सुवेदीले आफ्नो उम्मेदवारीसंगै दलहरुलाई चुनौतिदिंदै भन्नेगरेका छन् “यदी प्रत्येक राजनीतिक दलहरुले १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र मध्येबाट कम्तिमा पनि १५० जना विषयबिज्ञ नयाँ युवाहरुलाई आफ्नो पार्टीबाट उम्मेदवारी दिने हो र पटक पटक असफल साबित भैसकेकालाई टिकट नदिने घोषणा गर्नेहो भने हामी स्वतन्त्र युवा उम्मेदवारहरु उम्मेदवारी घोषणा फिर्तागर्न तयार छौँ ।
‘सोचसँगै समृद्धि’ भन्ने मुल मन्त्र लिएर उम्मेदवारी घोषणा गरेका सुवेदीले समाज र राष्ट्रलाई माथि उकास्न सक्ने संकल्प र प्रतिज्ञा लिएको बताएका छन् । समाजमा रहेका शैक्षिक बेरोजगारीलाई कम गर्दै अहिले देखिएका बिकृति तथा नीतिगत भ्रष्टाचारबिरुद्ध सदनसम्म आवाज उठाउनका लागि आफ्नो उम्मेदवारी रहेको आफ्नो प्रतिवद्धतामा जनाएका छन् ।
राजधानीमा विश्लेषकहरुले सुवेदीलाई धेरै संभावना बोकेको अर्थवाणिज्य क्षेत्रको बिज्ञ समेत भएको र निर्वाचन प्रचारशैलिमा समेत फरक ढंगबाट मतदाताको मनोविज्ञान बलियोगरी समातेर अगाडि आएको हुँदा चुनाव जित्ने आकलन हुनथालेको बताएकाछन् ।