Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १६ भदौ २०७९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरादहमा चुनावी गतिविधि बढाउने भएको छ। गौरादह डिपु चोक स्थित पार्टी कार्यालयमा बुधवार आयोजित विस्तारित भेलाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि प्रचार प्रसार अभियानलाई तिब्रता दिने भएको हो।

विस्तारित भेलामा केन्द्रिय सदस्य अम्बर विष्ट, केन्द्रिय सदस्य तथा केन्द्रिय वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको विशेष उपस्थितिमा नगरको विस्तारित भेला सम्पन्न गरिएको बताइएको छ।

भेलाले सागठानिक सुध्रिढिकरण गर्ने, प्रत्यक वडा कार्यसमिति संग बैठक गर्ने, बुथ समिति निर्माण गर्ने, सक्रिय सदस्यता विस्तार गर्ने, भात्री संगठनहरुको अधिवेसनहरु सम्पन्न गर्ने तथा प्रदेश र संघीय निर्वाचनमा भाग लिने प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारहरुको नाम सिफारिस गर्ने लगायतका निर्णय गरेको नगर अध्यक्ष शान्ति राम पौड्यालले बताए।

भेलामा प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेश सभा, नगर तथा वडाका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया