Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १६ भदौ २०७९। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा–१ बाट शर्माको मात्रै एकल नाम आएको थियो ।

महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो । शर्मा झापा–१ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए ।

शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित हुनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया