Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १५ भदौ २०७९ । झापाको गौरादहमा कुखुरा पाल्न बनाइएको खोरमा चटयाङ्ग परि आगलागी हुँदा खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ । गौरादह नगरपालिका-१ गणेश टोल का ललित बहादुर कार्कीले कुखुरा पाल्न बनाइएको खोर जल्दा १ लाख ११ हजार ५ सय बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

आज(बुधबार)बिहान ३ः३० बजेको समयमा पानी सँगै अचानक परेको चटयाङ्गले आगलागी हुँदा हाल कुखुरा नभएको एक तले खोर जलेर नष्ट भएको हो । भित्री भागमा खर र बाहीर च्यादरले बनाएको बोइलर कुखुरा पाल्ने खोरमा आगलागी हुदा खर १२ हजार, च्यादर ४५ हजार, जाली ११ हजार, कुखुराको चारो, चारो दिने भाँडाहरु २५ हजार, सम्पूर्ण वायरिङ्ग १० हजार, बास ८ हजार ५ सय गरि अन्दाजी मूल्य १ लाख ११ हजार ५ सय बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय बासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया