Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १४ भदौ २०७९ । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ८० वर्षिय देबि बहादुर अधिकारी रहेका छन् ।

आज(मंगलबार) अन्दाजी १० बजेको समयमा सोही ठाउँको मनकामना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट अधिकारी घाइते भएका थिए । घाइते अधिकारीलाई उपचारको लागी घोपा धरान तर्फ लैजाँदै गर्दा साँझ ५ः३० बजेको समयमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया