Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १२ भदौ २०७९ । झापामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-७ र १ नं. वडामा पर्ने खोलाबाट अवैध नदिजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा ३ वटा ट्याक्टर फेला पारी  प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज(आईतबार) अन्दाजी ५ बजेको समयमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-७ स्थित फुलमति खोलाबाट मे.१ त.५९०६, मे.१ त.५२९२ नं.को ट्रयाक्टरहरु र वडा नं.१ नेते खोलाबाट मे.१ त.४८४० नं.को ३ वटा ट्रयाक्टरहरुले अवैध रुपमा ढुङ्गा उत्खनन् गरीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । थप आवश्यक कार्वाहीको लागी अर्जुनधारा नगरपालिकामा बुझाउन तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया