Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १२ भदौ २०७९ । झापाको गौराहमा रहेको पायल फर्निचरमा आगलागी भएको छ । आज(आईतबार)बिहान अन्दाजी ३ः३० बजेको समयमा आगलागि हुँदा गौरादह-१ बजारका मुनिलाल शर्माले संचालन गर्दै आएको पायल फर्निचरमा आगलागी भएको हो ।

शर्माले सञ्चालन गर्दै आएको गौरादह-२ बजार स्थित रहेको गौरादह पायल फर्निचरमा अचानक विद्युत शर्ट भई आगलागी हुँदा फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलि नष्ट भएको छ भने, टहरा भित्र रहेको मेसिन काठ र फर्निचर जलेर करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी, स्थानीयबासी, गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलको सहयोगमा ४ः५० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रवक्ता पाठकले बताउनुभयो । आगलागी बाट मानविय क्षति नभएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया