Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ११ भदौ २०७९ । झापाको गौरादहमा स्कुले विद्यार्थीले लगाएका चाँदीको सिक्री लुटपाट गरेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह-४ चप्रामारीका १६ वर्षिय विक्रम मगर(टेके) र वडा नंं. ५ का विसाल ठटाल रहेका छन् ।

उनिहरुले हिँजो(शुक्रबार)बिहान अन्दाजी ११ बजेको समयमा गौरादह-४ चप्रामारीमा बाटोमा हिँडिरहेका स्कुले विद्यार्थी गौरादह-५ का १६ वर्षिय विसाल हेमरन र १६ वर्षिय मदन हेमरनको चाँदीको सिक्री लुटपाट गरेर भागेका थिए । लुटपाट गरी भागेका दुवैजनाको बारेमा जानकारी पाउन साथ प्रहरीले खोज तलास गर्दा अन्दाजी साँझ ६ बजेको समयमा गौरादह-५ को कल्भर्टमा बसिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

पक्राउ परेका दुवैजनाले गौरादह-५ का मिन बहादुर शंकरको सुनचाँदी बनाउने पसल(कारखाना)मा लगि सिक्रि बिक्रि गरेको जनाइएको छ । दुवै जनाले लगाएको चाँदीको सिक्रि करीब ५ तोलाको रहेको बताइएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया