Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ७ साउन २०७९ । झापामा अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने टिफर र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका वडा न.१ स्थित बिरिङ खोलाबाट र वडा न.८ बाट अवैध नदिजन्य पदार्थ ढुवानी गरीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

हिँजो(सोमबार) विभिन्न समयमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीलेअर्जुनधारा नगरपालिका वडा नं.१ स्थित बिरिङ खोलाबाट मे १ त ६३४०, प्रदेश-१-०१-००१ त ८२३९, को १ त ६४४ , मे १ त ५१३६ नं.ट्याक्टरहरु र वडा नं.८ बाट प्रदेश-१-०१-००१ क ११२४, बागमती प्रदेश-१-०६ ख ३६४७ नं.को टिफरहरुमा अवैध नदिजन्य पदार्थ ढुवानी गरीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी अर्जुनधारा नगरपालिका बुझाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया