Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ४ भदौ २०७९ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा गाौरादहमा श्री राधाकृष्ण रथयात्रा निकालिएको छ। गौरादह-१ को राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले गौरादह बजार क्षेत्र परिक्रमा गरि पेट्रोल पम्प हुँदै पुनः राधाकृष्ण मन्दिर आएको थियो।

नगर स्तरीय रथयात्रा मुल समारोह समितिको आयोजनामा निकालिएको रथयात्रामा नगरपालिका भित्रका संघ संस्था, मठ मन्दिर, भजनकृतन मन्डली, बिद्यार्थी, र सर्वसाधारण नागरिकहको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो।श्री राधाकृष्ण रथयात्रामा नगरपालिका भित्रका संघ संस्था तथा भजनकृतन मण्डलीहरु ब्यानर सहित उपस्थिति जनाएका थिए।

गौरादह-७ ठकठकेका महिलाहरुले बजाएको नौमती बाजाका साथ निकालिएको रथयात्रामा यस क्षेत्रका कला संस्कृतिहरु लाखे तथा सतार नाच रहेको थियो। कृष्ण जन्माष्टमीका अवसरमा रथयात्रा मुल समारोह समितिले जनैपुर्णिमाका दिन देखि विभिन्न कार्यक्रम गर्दै आएकाो थियो। राधाकृष्ण मन्दिर परिषरमा भजनकृतन गर्दै रथयात्राको अघिल्लो दिन हिले जात्राको आयोजना गरि नरिवल तथा मट्का फुटाइ खेल लगायत अन्य विभिन्न खेलको आयोजना गरेको थियो। सो खेलमा विजयी हुनेलाई पुरस्कार स्वरुप नगद वितरण गरिएको थियो ।

यस्तै, श्रीकृष्ण जन्माष्टमीको अवसरमा गौरादह-७ को ग्वालडुब्बा बजारमा पनि रथयात्रा निकालिएको थियो। ग्वालडुब्बा बजार व्यवस्थापन समितिको उपस्थितिमा शंकर स्वर्णाकारको संयोजकत्वमा रथयात्रा उपसमिति बनाई श्रीकृष्ण जन्माष्टमी मनाएको हो। ग्वालडुब्बा बजारमा श्रीकृष्णको मन्दिर बनाइ रथयात्रा सुरु गरिएको थियो।बजारबाट निकालिएको रथयात्राले राधाकृष्ण मन्दिर हुँदै प्रगति मा.बि. शान्ति चौक भएर पुन ग्वालडुब्बा बजारमा आई बिसर्जन गरिएको रथयात्रा उपसमितिका संयोजक संकर स्वर्णाकारले जानकारी गराए।

बिहान रथयात्रा निकालेर दिउसो नरिवल, मट्काफोर, म्युजिकल चियर र हन्डी फुटाई,कवडी लगायतका खेल संचालन गरिएको संयोजक स्वर्णकारले बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया