Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ३० साउन २०७९ । झापाको दमकबाट प्रहरीले ३ वटा मोटरसाइकल सहित अवैध काठ नियन्त्रणमा लिएको छ । आईतबार राति अन्दाजी ११ बजेको समयमा दमक नगरपालिका-३ बेलडागी बाट २६.०३ क्यु फिट काठ सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्र.१-०१-०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नं. को मोटरसाईकलहरुमा सिसौं जातको गोलिया ३ थान लोड गरी लादैं गर्दा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीलाई देख्ना साथ उक्त नम्बरको मोटरसाइकलहरु र गोलिया छाडी भागेका थिए । उक्त काठ बरामद गरी आवश्यक कार्वाहीको लागि सोमबार इलाका वन कार्यालय बेलडागी दमकमा बुझाईएको मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया