Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २४ साउन २०७९ । गौरादह नगरपालिका वडा नं.५ स्कुलचौन मा.वि.को लगनशिल बालक्लबले नागरिकलाई जानकारी गराउन धुम्रपान विरुद्ध सचेतना तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। स्कुलचौन मा.वि मा अध्ययनरत कक्षा-९ देखि १२ सम्मका विद्यार्थीहरुले मंगलबार प्लेकार्ड सहित कार्यक्रममा सहभागीता जनाएका थिए। कार्यक्रममा स्कुलचौन मा.वि देखि बजार सम्म सरसफाइ गर्दै कोण सभा गरिएको थियो ।

कोण सभामा बोल्ने अधिकांश बक्ताले बर्तमान समयमा नागरिकको स्वास्थ्यमा धुम्रपान जल्दो बल्दो समस्याको रुपमा रहेको बताएका थिए। धुम्रपानको सेवनले मानव शरिरमा विभिन्न प्रकारका रोग लागेर स्वास्थ्यमा विकराल रुप लिने भएकाले त्यसको सेवनले एक व्यक्तिलाई मात्र नभई परिवार, समाज र सिङ्गो राष्ट्रलाई नै असर गर्ने भएकोले यसको सेवनबाट टाढा रहन नागरिकलाई सचेत गराइएको थियो । धुम्रपानको सेवनबाट भबिस्यमा आइपर्ने समस्या र दुर्घटनाबाट जोगिन बेलैमा सावधानी अपनाउन सकेमा धुम्रपानको लतबाट बच्न सकिने स्कुलचौन मा.वि का शिक्षक तथा बालक्लबका संयोजक प्रेम बहादुर सुवेदिले जानकारी गराएका छन।

लगनशिल क्लबका अध्यक्ष विकास खरेलले विद्यालय क्षेत्र आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण नगर्न आव्हान गरेका छन। बिद्यालय पोशाक लगाएका वा नलगाएका बिद्यालय उमेर समुहका कुनै पनि बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ बिक्रि वितरण नगरिदिनु हुन व्यवसायीहरुलाई आग्रह समेत गरेका थिए। अभिभावकहरुले धुम्रपान गरेको देखेर बालबालिकाहरुले त्यसैको सिको गर्ने भएकाले अभिभावकहरुले त्यसकुरामा सचेत रहनुपर्ने बताएका थिए। बिद्यालय बाल क्लबले विगतमा पनि बालबालिकालाई धुम्रपानबाट सचेतना गराउने, सरसफाइमा सहभागी गराउने साथै हाजिरीजवाफ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष खरेलले बताएका छन ।

कार्यक्रममा क्लबका अध्यक्ष खरेलले महारानीझोडा प्रहरी चौकीका इन्चार्ज युवराज खत्रीलाई विद्यालय क्षेत्र र आसपासका बजारमा बिद्यालय उमेर समुहका बालबालिकाहरुलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेमा कार्यवाहीको माग गरेका छन।सुर्तीजन्य पदार्थ बिद्यालय आसपासमा बेच्न निषेध गरिएको भनियतापनि हाम्रो क्षेत्रमा स्थानीय व्यवसायीहरुले त्यसतर्फ ध्यान नदिएको भन्दै बिद्यालय उमेरका किशोर किशोरीहरुलाई कुलतबाट जोगाउने नीतिलाई अवलम्बन गर्न कडाईका साथ लागु गर्न प्रहरी तथा सचेत नागरिकले निगरानी बढाउनु पर्ने बताएका थिए। स्कुलचौन मा.वि बाल क्लब र प्रहरी चौकी महारानीझोडाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्कुलचौन मा.वि का प्रधानअध्यापक बाबुराम भण्डारी, प्रहरी, व्यवसायी, विद्यार्थी तथा बाल क्लबका सदस्य र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया