Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १८ साउन २०७९ । झापामा लागुऔषध मुद्दाको फरार प्रतीवादीलाई प्रहरीले पक्राउ गरेको छ । दमक-७ कि २७ वर्षिया मनजिता सहनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । लागुऔषध सम्बन्धि मुद्दामा जिल्ला अदालत झापाले उनलाई २०७५ माघ १६ गते २ वर्ष कैद र १ लाख फैसला सुनाएको थियो । सहनीलाई पक्राउ गरेर जिल्ला अदालत झापामा पेश गरी कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया