Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

पाँचथर, १० साउन २०७९। पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. २ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । घटनामा करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

सोमबार दिउँसो २ बजे मृतक जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको भएता पनि अस्पताल पुर्याउन साथ बेलुकी ९ बजे जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते पूर्णकुमारको भने सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया