Online Bichar
मंगलबार, कार्तिक २६, २०८२ | Tuesday, November 11, 2025

काठमाडौँ, ७ कार्तिक २०८१ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा नवीकरणका लागि ९२४ शैक्षिक परामर्शदातृ संस्थाहरूको आवेदन परेको छ। शिक्षा मन्त्रालयले उक्त नवीकरणका लागि आवेदन दिएका शैक्षिक परामर्शदातृहरूको विवरण सार्वजनिक गरेको छ।

उक्त विवरणमा ९२४ कन्सल्टेन्सी, ब्रिज कोर्स र भाषा शिक्षण संस्थाहरूले आवेदन दिएका छन्।

मन्त्रालयका अनुसार मन्त्रालयको २०८१ असार १६ गते र २०८९ साउन २४ गतेको सूचना बमोजिम संस्था नवीकरणका लागि तोकिए बमोजिमको कागजात सहित एप्लिकेसन सफ्टवेयरमार्फत आवेदन दिएका शैक्षिक परामर्शदातृ संस्थाहरूको सूची सार्वजनिक गरिएको हो।

शिक्षा मन्त्रालयले लामो समयदेखि कानून मिचेर १ हजार ४७३ कन्सल्टेन्सी, ब्रिज कोर्स र भाषा शिक्षण संस्था सञ्चालन हुँदै आएको जनाएको छ। २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सोका लागि आवेदन, नवीकरणलगायत काम रोकिएका थिए। अबदेखि ती संस्थाहरूलाई आव ०८१/८२ का लागि नवीकरण गराइँदै छ।

 

तपाईको प्रतिक्रिया