Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सिन्धुपाल्चोक, ९ साउन २०७९ । इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ र इन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको छ ।

ज्यान गुमाउनेमा मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष र चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी (मृतक बच्चाका ठूलीआमा) ५५ वर्षकी गोमा धिताल रहेका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

माइत जाने क्रममा इन्द्रावती-५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ । झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया