Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

विराटनगर, ६ साउन २०७९। भारतीय ट्रकको ठक्करबाट शुक्रबार विहान मोरङको बुढीगंगामा दुई जनाको मृत्यु भएको छ । विहान ६ बजे बुढीगंगा-२ स्थित कोशी राजमार्गको गंगाचोकमा भएको दुर्घटनामा २७ वर्षे हर्क परियार र २१ वर्षे भीमबहादुर राईको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफ आर ३८ एफ २२१० को ट्रकले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई नजिकै रहेको विराट मेडिकल कलेजको अस्पताल लगिएकोमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया