Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

गौरादह, १ साउन २०७९ । प्रहरीले झापाको मेचीनगरबाट अवैध सुपारी र कपडा बरामद गरेको छ । ४ लाख बराबरको अवैध सुपारी र कपडा बरामद गरिएको हो ।

यहि असार ३२ गते अन्दाजी १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट नेपाल देखि भारत तर्फ अवैध रुपमा लादै गरेको ३ बोरा सुपारी ९० के.जि.अन्दाजी मूल्य ५० हजार बराबरको र आज बिहानको राती अन्दाजी ३ः४५ बजेको समयमा सोही ठाउँको भारत देखि अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ४ पोका कपडा अन्दाजी मूल्य ३ लाख २० हजार र सोहि स्थानबाट नेपाल देखि भारत तर्फ लादैं गरेको २ बोरा ६० के.जि.सुपारी अन्दाजी मूल्य ३० हजार गरी ४ लाख बराबरको अवैध सामान पक्राउ गरिएको जनाइएको छ ।

उक्त अवैध सामान ईलाका प्रहरी कार्यालय कांकडभिट्टामा ल्याई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय कांकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया