Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

गौरादह, ३२ असार २०७९ । झापामा खेत जोत्ने क्रममा टयाक्टरले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ शान्तिनगरका २६ वर्षिय विकास कुमाल रहेका छन् ।

शुक्रबार अन्दाजी ४ बजेको समयमा सोही ठाउँको गैरी गाउँ स्थित खेतमा प्र.१-०१-००१त.९३२५ को टयाक्टरले खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घटना हुँदा टयाक्टरका सहचालक कुमाललाई किच्दा दुर्घटना स्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टयाक्टर र टयाक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षिय चन्द्र बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको र उक्त घट्नको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया