Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ३० असार २०७९ । झापामा चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर-५ देवी बस्तीका १८ वर्षिय मोहमद प्यारे र १९ वर्षिय वरुण सहनी रहेका छन् । उनिहरुका साथबाट ८० राउण्ड पेस्टोलको गोली, २७ थान चोरीका मोबाइल र अन्य चोरीका सामग्री सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उनिहरुले यहि असार २४ गते राती भद्रपुर-६ पुरानो भद्रपुरको कार्यालय नजिकै रहेको राजु अग्रवालको प्रियंका मोबाइल पसलमा सटरको ताला फुटाएर पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबाइल ४,५१,७०० मूल्य बराबरको २९ थान, हाते घडी ५,००० मूल्य बराबरको २ थान र नगद ६१,५०० गरी ५ लाख १८ हजार २ सय मुल्य बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मोहम्मद प्यारेको बयानको आधारमा बरामद भएको सामानहरु
सोही वडा नं.६ पसल पछाडी झाडीको बालुवामा लुकाई राखेको उक्त पसलमा लगाएको तोडीएको ताला १ थान,ताला फुटाउन प्रयोग भएको तिखो फलामको रड १ थान ,चोरी भएको मोबाइलहरुको खोलहरु,१० लिटर पेट्रोल, अमुल जुस १९ थान ।
सोही वडा नं.५ देवीबस्ती स्थितमा रहेको कालीमन्दीरको पश्चिमपट्टीको वाल छेउको झाडीबाट उक्त पसल बाट चोरी भएको मोबायलहरुको चार्जर २७ थान ।
मोहमद प्यारेको घरको पछाडी पट्टी निजको घरको आडमा रहेको ईटामुनी लुकाई छिपाई राखेको अवस्थामा सिक्सरररिभल्बर पेष्टोलमा प्रयोग हुने गोली ८० राउण्ड ।
बरुण सहनीको बयानको आधारमा बरामद भएको सामानहरु
सोही वडा नं.५ भद्रपुर सुर्यप्लाई फ्याक्ट्रीको वाल कम्पाउण्डको पूर्व पट्टीको पिठारीको रुखको फेदमा प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा उक्त पसलबाट चोरी भएको मोबाइलहरु २६ थान ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया