Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १९ असार २०७९ । शिद्धार्थ बैंक शाखा गौरादहले गौरादह नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ। शिद्धार्थ बैंक शाखा गौरादहले नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलबर्षा राजवंशी र नगर शिक्षा प्रमुख टेकनाथ रेग्मीलाई खेल सामाग्री हस्तान्तरण गरेका छन।

खेलकुद सामाग्री हस्तान्तरण गर्दै बैंकका प्रदेश नं.१ का प्रमुख सुवास श्रेष्ठले सिद्वार्थ बैंकले आर्थिक कारोबारका साथै सामाजिक क्षेत्रमा समेत काम गरेको बताएका छन। सिद्वार्थ बैंक गौरादहमा स्थापना भएपछि नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा अध्यानरतहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको धारणा राखेका थिए। मुलुक संघियतामा गए सँगै बैंक स्थापना भएका क्षेत्रमा बैकले समाजिक क्षेत्रमा योगदान दिदै आएकोमा यश पटक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुमा खेल क्षेत्रको बिकाशका लागि सामाग्री बितरण गरेको बैंकका गौरादह शाखा प्रमुख नुतन गिरीले बताए।

बिद्यार्थीहरुमा खेलको बिकास गराउन नगरपालिका भित्रका ३२ वटा सामुदायिक बिद्यालयहरुलाई फुटबल, भलिबल, नेट, स्किपीङ डोरी लगायतका खेल सामाग्री रहेको गिरीले बताए। यश पटक बितरण गरिएको खेल सामाग्रीको मुल्य रु १ लाख बराबरको रहेको पनि गौरादह शाखा प्रमुख गिरीले बताए। सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख छत्रपति सुवेदीले बैंकले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री बितरण गरेकोमा धन्यवाद ज्ञापन गरेका छन।

सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई पढाइका साथै खेलकुद पनि आवश्यक रहेकाले नगर तथा जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न बैंकले सामाग्री दिएर सहयोग गरेको नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले बताएका छन।बिद्यालयले खेलकुद सामाग्रीलाई बिद्यार्थी समक्ष प्रयोग गर्नेमा बिस्वास ब्यक्त गरेका छन। कार्यक्रममा सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया