Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, १४ असार २०७९ । हिंजो राती देखी लगातार परेको वर्षाका कारण झापाको गौरादह नगरपालिका को ५,६ र ९ नं. वडा बढी प्रभावित भएको छ । अविरल वर्षाले गौरादह-५ चप्रामारीको दुवाटोलीमा रतुवा खोला पस्दा ७५ भन्दा बढि घर डुबानमा परेको गौरादह नगरपालिका का नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो । बाढीबाट विस्थापित परिवारलाई सामुदायिक भवन, विद्यालयको भवनमा सारिने बताउनुभयो । बाढीले आर्दश टोल, खयरबारी प्रभावित भएका कारण बाटोहरुमा क्षति पुग्नुका साथै घरहरु डुबानमा परि जोखिम पूर्ण अवस्थामा रहेको ५ नं. वडा कि वडा सदस्य गोमा देवी लिम्बुले बताउनुभयो ।

यस्तै, रतुवा खोला पस्दा गौरादह-६ को टंगुवा को सुकुम्बासी वस्तीमा २५ भन्दा बढी घर डुबानमा परेको छ भने, टंगुवाको अन्य वस्तीमा ४० भन्दा बढी घर डुबानमा परेको छ । सोही वार्ड को खाडी गाउँमा रतुवा खोला बगेकाले त्यहाँ जान र आउन कठिनाई भएकोले त्यहाँको स्थानीयबासी सँग सम्पर्क विहिन भएका कारण त्यहाँको अवस्था के कस्तो रहेको थाहा पाउन नसकेकोले अवस्था गम्भिर रहेको ६ नं. वार्ड कि वडा सदस्य टिका देवी श्रेष्ठले बताउनुभयो । त्यस वस्तीमा ५० भन्दा बढी घर रहेको बताइएको छ । वडा नं.६ कै तेलीया डाँगीमा १०० भन्दा बढी घर डुबान भएका कारण त्यहाँको अवस्था जोखीमपूर्ण रहेको वडा सदस्य श्रेष्ठले जानकारी दिनुभयो । ६ नं. वार्डको दामुना बजार पश्चिममा रहेको २२ सुकुम्बासी परिवारको घर पूर्ण रुपमा क्षति ग्रस्त भएकाले विस्थापित भएका छन् । विस्थापित परिवारहरुलाई अहिले दामुना बजारको टहरामा ल्याएर राखिएको र उहिरुलाई खानेकुराको व्यवस्था गरिएको वडा सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तैगरि अविरल वर्षाका कारण वडा नं. ९ बैगुन्धुरा को दहगाउँ र अधिकारी टोलमा कमल खोला पस्दा १४/१५ वटा घर परिवार विस्थापित भएका छन् । उनिहरुलाई अन्य स्थानमा स्थानान्तरण गरिएको ९ नं. वार्ड का वडाध्यक्ष उपेन्द्र निरौलाले जानकारी दिनुभयो । यस्तै, सोहि वडाको ८ नं. टोलको तुलाचन क्षेत्रमा कृष्णे खोला पस्दा ५ घर डुबानमा परेकोले उनिहरुलाई छिमेकीकोमा सारिएको छ । यस्तै, ९ नं. वार्ड कै खजुरवारीको त्रिवेणी चोक बाट दक्षीण पटि कृष्णे खोला सतहभन्दा माथी आएकोले लगाएको धानबालीमा क्षति पुरयाएको छ भने, २ वटा घर डुबानमा परि विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा लगिएको छ ।  कृष्णे खोलाको बाढीले कटान गर्दा घिमिरे टोलमा क्षति पुरयाएको छ । यस वर्ष बैगुन्धुरामा कमल, कृष्णे, हेकलकट्टा र सुखादी खोला गाउँमा पसेर अघिल्लो वर्ष भन्दा यो वर्ष ठूलो क्षति पुरयाएको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

यस्तै, गौरादह-४ को सुकुम्बासी टोलमा गेउरीया खोला पस्दा ५० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष दुर्गा मणि बस्नेतले जानकारी दिनुभयो । यस्तै, वडा नं. ८ को भुँडि सिमलमा लाल गेउरियाको पानी पस्दा ६ घर डुबानमा परि विस्थापित भएका छन् । उनिहरुलाई स्थानान्तरणको व्यवस्था गरिएको वडाध्यक्ष गणेश कुमार राजवंशीले जानकारी दिनुभयो । सोही पानिले १५/२० बिगाहामा रोपिएको धानबालिमा नष्ट गर्नुका साथै पानि ओभर फलो भएका कारण बाटो घाटोमा क्षति पुरयाएको वडाध्यक्ष राजवंशीले बताउनुभयो ।

यस्तैगरि, लगातार परेका वर्षाका कारण गौरादह-१ को टोल विकास ५ को सनराइज स्कुल पछाडी, माउण्ट र राधाकृष्ण टोलको वरिपरि दह भएका कारण ५० घर भन्दा बढी डुबानमा पर्नुका साथै गाइ वस्तु विस्थापित भएको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया