Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १४ असार २०७९ । मौसम पूर्वानुमान महाशाखाले झापाका तीन स्थानमा भारी वर्षामापन भएको जनाएको छ । महाशाखाको नेपाल बाढी सूचनाले आज(मंगलबार) बिहान ५ बजे पछिल्लो ६ घण्टा झापाको भद्रपुर, बिर्तामोड र शनिश्चरे आसपास भारी वर्षामापन भएको सूचना जारी गरेको हो ।

जारी सूचनामा थप वर्षा हुने पूर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने भएको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया