Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ११ असार २०७९ । झापाको गौरादहमा दुई बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । गौरादह नगरपालिका-३ जामबाडिका ७ र १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ताराबीर राईलाई प्रहरीले पक्राउ गरेको हो । २ बालिका मध्ये १२ बर्षिया भने किशोरी सुस्त मनस्थितिकि छ्न।

घटना केहि दिन अघिको भएपनि पीडित बालिकाहरुले सुनाएपछी घटना बाहिरिएको थियो । पीडित बालिकाको बयानका आधारमा प्रहरीले राईलाई पक्राउ गरेको छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय दमकमा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया