Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ३० जेठ २०७९ । झापाको गौरादहमा टयाक्टरको ठक्करबाट ९ वर्षिय बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ स्थित सितापुरी घर भएका गौरव अधिकारीको मृत्यु भएको हो । आज(सोमबार) साँझ गौरादह नगरपालिका-१ सितापुरीमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको टयाक्टरले ठक्कर दिँदा सोहि स्थान बस्ने राम प्रसाद अधिकारीको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिए पश्चात घाइते भएका बालकलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा त्यहीँ मृत्यु भएको जनाइएको छ । ठक्कर दिने टयाक्टर र टयाक्टर चालक कमल गाउँपालिका-१ का २६ वर्षिय बिनोद चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया