Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, १९ जेठ २०७९। प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राई २१ गते शनिबार झापा आउने भएका छन् । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्नका लागि मन्त्री राई झापा आउने किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक उत्तर जिल्ला साकेला थानमा हुने कार्यक्रमको तयारी भइरहेको साकेला समापान समारोह व्यवस्थापन समितिका संयोजक जंगबहादुर राईले बताए ।
साकेला उभौलीको अवसरमा पारेर झापा जिल्ला भरी विभिन्न साकेला थान माङहिमहरुमा साकेला सिलि मनाउँदै जिल्ला साकेला थानमा समापन गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण गत २ वर्ष साकेला उभौली साकेला थानमा सामान्य पुजा गरेर मात्र मनाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राईले बताए । तर यस वर्ष भने हर्षउल्लासका साथ भव्यसभ्य रुपमा सम्पन्न गर्न तयारी भइरहेको राईले बताए ।
साकेला सिलि समापन कार्यक्रममा झापा जिल्ला भरीका गाउँ समिति/नगर समिति/वडा समिति तथा साकेला सिलि समुहहरु साथै इलाम, मोरङ र भारतको बागडोग्राबाट समेत साकेला टोलि सहित सहभागि हुनेछ ।

तपाईको प्रतिक्रिया