Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

झगेन्द्र खड्का
गौरादह, १५ जेठ २०७९ । झापाको गौरादहमा १५ औं गणतन्त्र दिवस मनाइएको छ। गौरादह नगरपालिका भित्र रहेका विभिन्न संघ संस्थाहरुले नागरिक प्रभात फेरि कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाएको हो। गौरादह जेसीजको आयोजनामा मनाइएको गणतन्त्र दिवस कार्यक्रममा नगर भित्रका संघ संस्थाका पदाधिकारी ब्यानर सहित सहभागी भएका थिए।

कार्यक्रममा गौरादह नगर प्रमुख छत्रपति सुवेदी,उप प्रमुख जलबर्षा राजवंशी, वडाध्यक्ष तथा वडा सदस्यहरु सहित शिक्षक,बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए।प्रभात फेरि कार्यक्रममा नगरपालिका भित्रका गौमाता टोल बिकास संस्था,सुरज शिक्षा प्रतिस्ठान, मेडिम्याक्स अस्पताल, जेष्ठ नागरिक संघ, नमस्ते बचत तथा ऋण सहकारी संस्था, न्यु पब्लिक कृषि सहकारी संस्था, गौरादह नगर स्काउट, संस्थागत रुपमा सहभागी भएका थिए।

गणतन्त्र दिवस मनाउन सहभागी भएका नागरिकहरुले गौरादहको डिपु चौक देखि निकालिएको र्यालीले गौरादह बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै बोल्ने अधिकांश बक्ताले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्न आवश्यक रहेको बताएका थिए।

राजतन्त्रको अन्त्य गरि आएको गणतन्त्र नेपाली जनताले गरेको आन्दोलनको उपलब्धि भएको बताएका थिए। यसरी मन्तब्य राख्नेहरुमा उपमेयर जलबर्षा राजवंशी, जेष्ठ नागरिक संघ गौरादह नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले रहेका छन। जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष प्रकाश भट्टराईले जेसिज आस्था पाठ बाचन गरेका थिए। प्रभात फेरि कार्यक्रमका संयोजक जेसि सौरभ भट्टराईले स्वागत मन्तब्य सहित कार्यक्रमको औंचित्य माथि प्रकाश पारेका थिए। जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव खड्ग थापाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया