Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

गौरादह, ६ जेठ २०७९ । गौरादह नगरपालिका वडा नं.७ को स्थानीय निर्वाचन मतगणनाको विषयलाई लिएर भएको वार्ता निष्कर्ष बिहिन भएकोछ। मतगणनाको विवाद टुङ्गयाउन झापा जिल्ला निर्वाचन कार्यालय प्रमुख गिरिराज गौतम , नेपाली कांग्रेस झापा सभापति देउमान थेबे सहित कांग्रेस र एमाले गौरादह प्रतिनिधि बिच शुक्रबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङगिएको हो।

नेपाली कांग्रेसले गौरादह-७ अन्तरगत श्री आधारभूत बिद्यालय बुथको सबै मत पुन: गणना गरिनु पर्ने र एमालेले गणना भई घोषणा भइसकेकाले त्यसलाई मान्यता दिनु पर्ने अडान राखेपछि वार्ता निष्कर्ष बिहिन भएको हो।राजनीतिक दलका नेताहरु आ-आफ्नै अडानमा रहदा वार्ता निष्कर्ष बिहिन बन्दा मतगणना कार्य प्रभावित बनेको छ। वार्तामा सहभागी कांग्रेस नेता डा. खगेन्द्र पाण्डब अधिकारीका अनुसार वडा नं.७ को मतगणना टुङ्गो नलागुन्जेल बाँकी वडाको मत गणना हुन नसक्ने बताए।

तपाईको प्रतिक्रिया