Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

झगेन्द्र खड्का
गौरादह, ४ जेठ २०७९ । गौरादह नगरपालिका वडा नं.४ र ५ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ। निर्वाचन कार्यालय गौरादहले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार वडा नं.४ बाट वडाध्यक्षमा एमालेका दुर्गामणी बस्नेत र वडा नं.५ बाट एमालेका जगन्नाथ खनाल प्यानल सहित निर्वाचित भएका छन।

वडा नं.४ मा बस्नेतले गठबन्धनका वडाध्यक्ष उमेदवार नेत्र ढुङगानालाई ३ सय ७० मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन।वडा नं.४ का दुर्गामणी बस्नेतले १ हजार ८ सय ५८ मतका साथ बिजय भएका हुन। प्राप्त मत परिणाम अनुसार ढुङ्गानाले १ हजार ४ सय ८८ मत पाएका थिए। वडा नं ४ मा वडा सदस्य उमेदवारहरु निर्मला कार्कीले १ हजार ८ सय ९१, दलित महिला सदस्य तुलशा नेपालीले १ हजार ९ सय २६, खुल्ला सदस्य चुडामणि भण्डारीले १ हजार ५ सय २ र सुर्य सुब्बाले २ हजार ११ मत पाएका थिए। वडा नं ४ मा निर्वाचित वडा सदस्यहरु मध्ये सुर्य सुब्बा र तुलशा नेपाली अघिल्लो स्थानीय निर्वाचनमा पनि निर्वाचित भएका थिए।

वडा नं.५ को वडाध्यक्षमा एमालेका जगन्नाथ खनाले १ हजार ८ सय ९० मतका साथ निर्वाचित भएका छन। खनालले गठबन्धनका वडाध्यक्षयका उमेदवार तारा कुमार श्रेष्ठलाई ३ सय ७ मतको अन्तरले पराजित गर्दै बिजय भएका हुन। प्राप्त मत परिणाम अनुसार श्रेष्ठले १ हजार ५ सय ८३ मत पाएका छन। वडा नं.५ को वडा सदस्यहरुमा महिला सदस्यमा गोमा चेम्जोङले १ हजार ७ सय ६७, दलित महिला सदस्यमा छलमाया नेपालीले १ हजार ९ सय ३१, खुल्ला सदस्यमा कपिलमणि काफ्लेले १ हजार ७ सय ८५ र मोहन कुमार राईले १ हजार ८ सय ६ मत पाएका छन। वडा नं.५ का सदस्य उमेदवारहरुमा कपिलमणि काफ्ले, गोमा चेम्जोङ र छलमाया नेपाली अघिल्लो स्थानीय निर्वाचनमा पनि निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया