Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कमल, २१ वैशाख २०७९। अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयमा प्रशिक्षणको आयोजना गरेको हो ।

जिल्लामा क्रियाशील ३५ सञ्चारकर्मी सहभागी प्रशिक्षणको सहजीकरण अनलाइन क्षेत्रका अग्रज पत्रकार तथा नेपालखबर डटकमका सम्पादक अरुण बरालले गरेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि महासंघ प्रदेश १का कोषाध्यक्ष विमल लामिछाने बुद्धिले मिसन पत्रकारितामा सबै पत्रकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । स्वतन्त्र र निष्पक्ष ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै लामिछानेले सोही अनुसार दायित्व बोध गर्न पत्रकारहरुलाई अग्रह गरे ।

प्रशिक्षण समापनमा महासंघ प्रदेश १का कार्य समिति सदस्य विष्णु सुब्बा, सहभागीहरुको तर्फबाट उमानाथ भण्डारी, सेलिङ केसी, शान्ति सुब्बाले मन्तव्य राखेका थिए । प्रशिक्षणमा सहभागी सञ्चारकर्मीले आवश्यक प्रशिक्षण तथा महासंघको भूमिका लगायतका विषयमा विभिन्न सुझाव राखेका थिए । महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराईले वर्तमान कार्य समितिले १३ महिनामा गरेको कामको जानकारी गराएका थिए । सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । गौरादह नगरपालिकाको सहयोगमा प्रशिक्षण आयोजना गरिएको थियो । मंगलवार प्रशिक्षणको उद्घाटन गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया