झापा, २९ चैत २०७८ । झापामा अवैध सामान सहित मानिस र भारतिय नम्बरको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले २० लाख रुपैयाँ बराबरको अवैध सामान सहित मानिस र भारतिय नम्बरको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतिय नं.RJ 18 GB 3721 नम्बरको कन्टेनरलाई चेकजाँच गर्दा उक्त कन्टेनरमा अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब निरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो । मंगलबार करीब ११ः३० बजेको समयमा झापा मेचिनगर नगरपालिका६ राजमार्गमा २० लाख रुपैयाँ बराबरको बिस्कुट र कन्टेनर गाडी २५ लाख गरी कुल ४५ लाख बराबारको अवैध सामान र कन्टेनर पक्राउ गरीएको जनाइएको छ ।
अवैध सामान र कन्टेनर चालक भारत वार्ड नं.७ CHHAPAR, NEEM-KA THANA.SIKAR.RJ -332708 बस्ने वर्ष २२ का सिशराम गोर्सीलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको प्रहरी नायब निरिक्षक पाठकले जानकारी दिनुभयो ।